• १३ असोज २०८१, आइतबार

राष्ट्रिय सभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

काठमाडौं, माघ २८ गते । सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभा बैठक सुरु भएको छ । आइतबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरुको कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउनुहुने छ ।

यसैगरी, राष्ट्रियसभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिका सभापति सुरेशकुमार आलेमगरले राष्ट्रियसभा (दोस्रो संशोधन) नियमावली, २०८० माथि दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नुहुने छ ।