• ९ मंसिर २०८१, आइतबार

एमाले महोत्तरी जिल्ला अध्यक्षमा यादव विजयी

blog

नेकपा एमाले अध्यक्षमा विजयी बलराम यादव । तस्बिर : महेशकुमार दास

महेशकुमार दास
जलेश्वर, माघ २७ गते ।
 नेकपा (एमाले) महोत्तरी जिल्ला अध्यक्षमा बलराम यादवको प्यानल विजयी भएको छ । १३ वर्ष पश्चात् भएको एमाले महोत्तरीको छैंठो जिल्ला अधिवेशनमा जिल्ला अध्यक्ष पदमा एकभन्दा बढी आकाङ्क्षी भएपछि निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयनका लागि भएको मतदान भएको थियो ।

मतदान पश्चात् शनिबार बिहान सार्वजनिक गरिएको मतगणना परिणाम अनुसार बलराम यादव नेतृत्वको प्यानल विजयी भएको निर्वाचन अधिकृत उद्धव बहादुर क्षेत्रीले बताउनु भएको छ ।

निर्वाचन अधिकृत क्षेत्रीका अनुसार नेकपा एमाले महोत्तरी अध्यक्षमा यादव २५९ मत ल्याई विजयी हुनु भएको छ । निकटतम प्रतिद्वन्द्वी शिवचन्द्र सिंहले १५५ मत ल्याएको निर्वाचन अधिकृत क्षेत्रीले बताउनु भयो ।

विजयी भएका यादव प्यानलबाटै उपाध्यक्षमा अम्बिका प्रसाद गौतम २३७ , सचिवमा शम्भु ठाकुर २२८, उपसचिवमा फेकन राम चमार २२३ र लेखा समिति अध्यक्ष सूर्य प्रसाद सिंह कुसवाहा २४२ मत ल्याएर विजय हुनु भएको छ ।

निकटतम प्रतिद्वन्द्वीहरू उपाध्यक्षमा दलबहादुर थापाले १५५, सचिव जीतेन्द्र  चौधरी १५५, उपसचिवमा नयिम अंसारी १४२ र लेखा समिति अध्यक्षमा शम्भु महतो १२२ मत ल्याएको निर्वाचन अधिकृत क्षेत्रीले बताउनु भएको छ । ४३७ मतदाता रहेको नेकपा एमाले महोत्तरीमा ४२९ मतदान भएको थियो ।