• ९ मंसिर २०८१, आइतबार

जनकपुरमा बसको ठक्करबाट भारतीय नागरिकको मृत्यु

blog

विजयकुमार साह 

ढल्केबर, माघ २५ गते । जनकपुरधाम उपमहानगरपालिका–२३ बेलापुरमा स्कुल बसको ठक्करबाट एक जना भारतीय नागरिकको मृत्यु भएको छ । 

बिहीबार बिहान ८ः३० बजेतिर श्रीराम बोर्डिङ स्कुल बसले ठक्कर दिँदा भारत बिहारको मधुवनी जिल्ला तथा हाल जनकपुरमा ससुराली बस्दै आएका २७ वर्षीय ममताज कवारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

बा २ प ७६० नम्बरको स्कुल बसले साइकलमा सवारी कवारीलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते कवारीको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रन्जन अबाले बताउनुभयो । 

ठक्कर दिने बस र त्यसका चालक महोत्तरीको रामगोपालपुर नगरपालिका–५, का रामजस मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो ।