• १३ असोज २०८१, आइतबार

एक लाख नगदसहित नापीका सर्भेक्षक र लेखापढी कर्मचारी पक्राउ

blog

काठमाडौं, माघ २४ गते । नापी कार्यालय, कलंकी, काठमाडौंमा कार्यरत सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाई र राजधानी लेखापढी सेवाका लेखापढी कर्मचारी नेत्रमणि पोखरेलले घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।

जग्गा हालसाविक एवं कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीबाट एक लाख रुपियाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको जानकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले दिनुभयो ।