• १३ असोज २०८१, आइतबार

३२ लाख रकम बुझाउन क्याप्टेन शाक्यलाई निगमको ताकेता

blog

काठमाडौँ, माघ २२ गते । नेपाल वायुसेवा निगमका कर्मचारी समेत रहेका क्याप्टेन अनिसमान शाक्यलाई संस्थामा बुझाउनुपर्ने ३२ लाख दुई हजार ८३२ रकम तत्काल बुझाउन ताकेता गरेको छ । गोरखापत्र दैनिकमा आइतबार ३५ दिने सूचना प्रकाशन गरी निगमले क्याप्टेन शाक्यको नाम सार्वजनिक गरेको छ । 

काठमाडौँ महानगरपालिका १८ स्थायी घर भई हाल बुढानीलकण्ठ नगरपालिका ४ बस्ने ३६  वर्षीय शाक्यले निगमबाट राजीनामा दिएका छन् । तर बुझाउनुपर्ने रकम बुझाएमा मात्र राजीनामा स्वीकृत गर्न सकिने निगमले जनाएको छ । 

३५ दिनभित्र रकम नबुझाएमा ब्याज र हर्जानासमेत चल अचल जायजेथाबाट असुल उपर गरिलिने सूचनामा उल्लेख गरेको छ ।