• १३ असोज २०८१, आइतबार

सरकारले हिउँदे अधिवेशनमा बिजनेसको कमी हुँदैन भनेको छ : सभामुख घिमिरे

blog

आइतबार सङ्घीय संसद् भवनको अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै सभामुख देवराज घिमिरे ।

काठमाडौँ, माघ २१ गते। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कार्यान्वयनको सुनिश्चिततासहित संसदबाट विधेयक पारित गर्नुपर्ने बताउनुभएको छ। 

आइतबार सङ्घीय संसद् भवनको अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले सोमबारबाट सुरु हुने हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा संसद् भवनको अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले राज्यलाई आवश्यक परेका विधेयकमाथि आवश्यक छलफल गरेर विधेयक पारित गर्नुपर्ने बताउनुभयो। 


उहाँले पारित गर्नुमात्रै ठुलो कुरा नहुने भन्दै पारित गरिएका विधेयक कार्यान्वयन गर्नेगरी अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले संसद्को सौन्दर्यता भनेकै आवश्यक विधेयक पारितपछि कार्यान्वयन गर्नु रहेको बताउनुभयो। उहाँले संसद् क्यालेण्डरअनुसार चलाउनुपर्नेमा जोड दिइरहेको बताउनुभयो। उहाँले प्रि–बजेट छलफलका लागि कानुनी प्रबन्ध अध्यादेशमार्फत आएको र सरकारले आवश्यक ध्यान दिइरहेको बताउनुभयो।



सभामुख घिमिरेले सरकारले हिउँदे अधिवेशनमा बिजनेसको कमी नहुने जनाएको पनि बताउनुभयो।