• २८ पुस २०८१, आइतबार

इण्डोनेसियामा विदेशी पर्यटकको आगमन दोब्बर

blog

इण्डोनेसिया, माघ १९ गते । सन् २०२३ मा इण्डोनेसियामा विदेशी पर्यटकको आगमन बढेर ११.६७ मिलियन पुगेको छ । सन् २०२२ मा यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा दोब्बर भएर ५.८९ मिलियन पुगेको हो ।

तथ्याङ्क इण्डोनेसियाका कार्यवाहक प्रमुख अमालिया विद्यसान्तीले भने कि २०२३ मा विदेशी आगमनको सङ्ख्यामा कोभिड १९ महामारीपछि नयाँ रेकर्ड भएको बताउनुभयो । यद्यपि इन्डोनेसियाको पर्यटन महामारीबाट पूर्णरूपमा निको हुन सकेको छैन । २०१९ मा पर्यटक आगमन सङ्ख्या १६.११ मिलियन पुगेको थियो । डिसेम्बर १.१४ मिलियन विदेशी भ्रमणका साथ शिखर सिजनको रूपमा रेकर्ड गरिएको थियो ।

गत वर्ष मलेसियाबाट सबैभन्दा बढी १९ लाख, अष्ट्रेलियाबाट १.४३ मिलियन र सिंगापुरबाट  १.४१ मिलियनले भ्रमण गरेको बताइएको छ । बाली विमानस्थलबाट सबैभन्दा बढी विदेशी पर्यटक ५२ लाख अर्थात् ४४.९४ प्रतिशत भित्रिएका छन् । २०२३ मा बसाइको औसत लम्बाइ ८.५ दिन रेकर्ड गरिएको थियो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल