दोलखा समाचारदाता
दोलखा, माघ ६ गते । भीमेश्वर इनक्युबेटर सेन्टरले आयोजना गरेको एकदिने डेमोडे÷इन्क्युबेटरहरूको सिकाइ आदानप्रदान सम्मेलन सम्पन्न भएको छ । शुव्रmबार सदरमुकाम चरीकोटमा भएको सम्मेलनमा यहाँका विभिन्न पेसाका व्यवसायीलाई व्यावसायिक बनाउने उद्देश्यले भीमेश्वर इनक्युबेटर सेन्टर स्थापना भई कार्यसमिति निर्माण भएको र व्यवसायी तथा उद्यमीहरूलाई सम्मेलनमा सहभागी गराइएको थियो ।
पेसा व्यवसाय गर्नेलाई सेन्टरले आह्वान गरी युएसआइडी तयार नेपालमार्फत अन्तर प्रेरणा प्रालिले व्यवसायसम्बन्धी चारदिने तालिम प्रदान गरेको र तालिम लिएका १६ मध्ये छनोटमा परेका पाँच जनाले आआफ्नो प्रस्तुति राखेका थिए । बाटेको धूप, पुष्प व्यवसाय, रिसर्च फर्म, व्रिmस्टल उद्योगलगायतको प्रस्तुतिमा आर्थिक अभाव, उत्पादित वस्तुले बजार नपाएको पुनर्ताजगी तालिमको आवश्यकता रहेको थियो । छनोटमा परेका र अन्य इच्छुकलाई समेत सहयोग गरिदिन दोलखा उद्योग वाणिज्य सङ्घ, घरेलु तथा साना उद्योग विकास कार्यालय, गौरीशङ्कर बहुमुखी क्याम्पससमेतलाई आग्रह गरिएको छ ।
नगर उपप्रमुख कमला बस्नेतले नगरले पेसा व्यवसाय गर्न इच्छुकलाई व्यावसायिक बनाई जीवनयापन गर्न सक्ने बनाउन सेन्टरको स्थापना गरेको जानकारी दिँदै भन्नुभयो, “विश्व व्यापारसम्म पुग्ने आँट लिएर काम गर्नेलाई नगरले सक्दो सहयोग गर्छ । लगनशील र मेहनतका साथ पेसा व्यवसाय सञ्चालन गर्न आग्रह गर्दछु ।”