• १३ असोज २०८१, आइतबार

कथाकार विश्वम्भर चञ्चलको निधन

blog

काठमाडौँ,  पुस २३ गते । कथाकार विश्वम्भर चञ्चलको निधन भएको छ । विसं १९९८ साल जेठ २९ गते काठमाडौँ जन्मेका उहाँको आइतबार काठमाडौँमा निधन भएको हो । 

उहाँको आज (सोमबार) पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । ८३ वर्षीय चञ्चलका केही महिनाअघि मात्र 'बाँचेको युग मरेका मान्छे' [अनुभव र अनुभूति] र इन्मेरिका [नियात्रा सङ्ग्रह] प्रकाशित भएको थियो। 

श्रीमती, एक छोरा र छोरी भएका चञ्चल मधुमेह रोगी हुनुहुन्थ्यो । विसं २०२० सालमा रूपरेखा साहित्यिक मासिकमा “एक लास हाँसिरहेछ” कविता प्रकाशनका साथ साहित्यमा प्रवेश गरेका थिए । कविता लेखनबाट साहित्य यात्रा सुरु गरे पनि उहाँको लेखनको प्रमुख विधा कथा बनेको थियो ।