• १३ असोज २०८१, आइतबार

कथाकार चालिसेको ५७ औं कृति सार्वजनिक

blog

गोरखापत्र अनलाइन

काठमाडौं, पुस १६ गते । वरिष्ठ कथाकार विजय चालिसेको ५७ औं कृति अभिसप्त रात कथा संग्रह प्रकाशित भएको छ । जापानी कथालाई नेपालीमा अनुवाद गरी उहाँले सो कृति प्रकाशनमा ल्याउनुभएको हो । 

जापानी लघुकथाका जनक मानिने अकुतावा र्युनोसुकेदेखि नोबेल पुरस्कार विजयीद्वय सातोमी तान र कावासाता यासुनारीदेखि अन्य प्रसिद्ध कथाकार  वातननवे अन, ओसाबु डनजी लगायत केही नयाँ कथाकारका १३ वटा कथा र ४ वटा लघुकथा समेटिएको छ । कृति नेपाली पाठकका लागि नयाँ स्वाद हुने कथाकारको विश्वास छ । 

अनुवादक चालिसेका अनुसार यी कथा जापानमा मात्र नभएर विश्वकथा परम्पराकै विशिष्ट हस्ताक्षर मानिएका छन् । नेपाली कथा जगतका वरिष्ठ कथाकार विजय चालिसेको यो अनुवाद कृति जापानी भाषा नजान्ने कथाका पारखीहरूका लागि उपयोगी हुने देखिन्छ ।