काठमाडौं, पुस ५ गते । गाजापट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २० हजार पुगेको छ । अक्टोबर ७ यता ५२ हजार ५८६ अन्य घाइते भएका छन् । यसैबीच वेस्ट बैंकमा इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या ३०१ र घाइतेको सङ्ख्या तीन हजार ३६५ पुगेको मन्त्रालयले जनाएको छ ।
गाजामा गत २४ घण्टामा इजरायलको आक्रमणमा २१४ प्यालेस्टाइनीको मृत्यु भएको छ भने अन्य तीन सय जना घाइते भएका छन् । अक्टोबर ७ देखि इजरायलले दक्षिणी इजरायलमा हमासको आक्रमणपछि गाजापट्टीमा हमासविरुद्ध युद्ध सुरु गरेको थियो ।
जसमा इजरायली अधिकारीहरूका अनुसार लगभग एक हजार दुई सय इजरायलीको ज्यान गएको छ । मृत्यु हुनेमा आठ हजारभन्दा बढी बालबालिका र ६ हजार दुई सयभन्दा बढी महिला छन् । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल