• २९ फागुन २०८१, बिहिबार

गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई छैन : मन्त्री शर्मा

blog

काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा । तस्बिर : कविता थापा

काठमाडौं, मङ्सिर २६ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सञ्चालन गर्नेहरूले गरेको गल्ती ढिलो, चाँडो कानुनी दायरामा आउने बताउनुभएको छ । मङ्गलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री शर्माले अहिले सरकार सञ्चालन गर्नेहरूले गरेको गल्ती कमजोरी ढिलो चाँडो कानुनी दायरामा आउने बताउनुभएको हो । उहाँले गणतन्त्रमा कानुनभन्दा माथि कोही पनि हुन नसक्ने बताउनु भयो । उहाँले गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई नरहेको जानकारी दिनुभयो । साथै उहाँले गणतन्त्रलाई स्थापित गर्न आवश्यक रहेको पनि औँल्याउनुभयो ।

‘‘हिजो निरङ्कुश राजतन्त्र थियो । तर हिजो कसैले गल्ती कमजोरी गर्दा त्यो गल्ती कमजोरी कुनै कानुनको आकर्षण बन्न सक्दैन थियो र कुनै कानुन आकर्षित हुन सक्दैन थियो । उनीहरूमाथि कुनैपनि कारबाहीको कुरा हुन सक्दैन थियो । तर आज हामी यो परिवर्तित व्यवस्थामा छौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रमामा छौँ ।,’’ मन्त्री शर्माले भन्नुभयो, ‘‘त्यसकारणले अहिले सरकार सञ्चालन गर्नेहरूले गरेको गल्ती कमजोरी ढिलो चाँडो कानुनी दायरामा आउँछ । यो व्यवस्थामा यो गणतन्त्रमा संविधान भन्दा माथि कानुन भन्दा माथि निगरानी भन्दा माथि कोही पनि हुन सक्दैन । गल्ती गर्ने छुट गणतन्त्रमा छैन । यसलाई स्थापित गर्न आवश्यक छ ।’’

सञ्चारमाध्यमले सुदृढीकरणका लागि नेतृत्वबाट हुने कमी कमजोरीको भारी व्यवस्थालाई बोकाउनु नहुने बताउनु भयो ।