काठमाडौं, कात्तिक २८ गते । नेपाल संवत् ११४४ को उपलक्ष्यमा मङ्गलबार वसन्तपुरमा सांस्कृतिक झाँकी र बाजागाजासहित सांस्कृतिक र्यालीको आयोजना गरी मनाइएको छ । नेपाल संवत् ११४४ को स्वागतका लागि स्थानीय नेवार समुदायको बृहत् उपस्थितिले सो क्षेत्र भरिएको थियो ।
न्हूदँ मूल समारोह समिति ११४४ को आह्वान र आयोजना भएको सांस्कृति र्यालीले सो क्षेत्रका मुख्य मुख्य स्थानहरुमा परिक्रमा गरिएको हो ।
नगर परिक्रमापछि आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनीता डङ्गोल लगायतको सहभागिता थियाे ।