• ५ जेठ २०८१, शनिबार

सिबिफिनद्वारा भूकम्पपीडितका लागि तत्काल १० लाख आर्थिक सहयोग

blog

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)

काठमाडौं, कात्तिक १९ गते । बैङ्क तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले भूकम्पपीडितका लागि तत्काल १० लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।

परिसंघका सचिव कुश प्रसाद मल्लीद्वारा जारी विज्ञप्तिमा भूकम्प प्रभावित क्षेत्रमा नागरिकको तत्काल खोज, उद्धार र घाइतेहरूको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुनर्स्थापनामा सहयोग पुग्ने हेतुले सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायमार्फत सिबिफिनको तर्फबाट तत्कालका लागि १० लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको हो ।

सिबिफिनले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग सम्पर्क गरी प्रभावित जनताको वस्तुस्थितिबारे जानकारी लिएकोमा तत्काल खाद्यान्न, औषधोपचार, न्याना लत्ताकपडासहितको बसोबास अत्यावश्यक रहेको जानकारी प्राप्त भएको जनाएको छ । उल्लेखित राहत सामग्री जुटाउने र सम्बन्धित क्षेत्रमा पुर्‍याउने कार्यमा सहयोगी हात अगाडि बढाउनुहुन सम्बन्धित प्रदेश/जिल्ला तथा स्थानीय निकायहरूमा सञ्चालित सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थाहरूलाई सिबिफिनले आग्रह गरेको छ ।

कात्तिक १७ गते राति ११ः४७ बजेको मध्यरातमा जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्पबाट विशेषतः जाजरकोट र रुकुम पश्चिम जिल्लामा अपूरणीय जनधनको क्षति व्यहोर्नु परेको अकल्पनीय घटनाप्रति सिबिफिन दुःख व्यक्त समेत गरेको छ ।