• २० असोज २०८१, आइतबार

हामी त बाँचेर आइयो अरूको पनि उद्धार होस्: श्वेता भट्ट महेन्द्रनगर

blog

काठमाडौँ,  असोज २५ गते । महेन्द्रनगरकी श्वेता भट्ट भन्नुहुन्छ, इजरायलको लडाइँ प्रत्यक्ष हेरेँ । यो मेरो पहिलो अनुभव हो जीवनकै । एकदमै खुसी छु । यो उद्धार प्रक्रिया यति छिटो हुन्छ भन्ने कल्पना पनि गरेको थिएन । हामी त बाँचेर आयौँ । बाँकी साथीहरूको पनि छिटो उद्धार होस् । उहाँले सरकारसँग आग्रह गर्नुभयो । हामीले अब देशमै केही गर्नुपर्छ भन्ने सन्देश यो घटनाले दिएको उहाँ बताउनुहुन्छ । 

शुक्रवार बिहान नेपाल फर्कनुभएका भट्ट भन्नुहुन्छ, इजरायल सरकार र नेपालको तर्फबाट पूर्ण सहयोग भयो इजरायलका नागरिकले समेत सहयोग गरे आफूहरू सुरक्षित नेपाल आउन पाएको बताउनुभयो । 

सरकारले बिहीबार राती इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज बिहान नेपाल ल्याइएको छ । उद्धारपछि आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्नुहुँदै परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले इजरायलबाट नेपाल फर्कन चाहना राख्नुभएका पाँच सय तीन जनामध्ये दुई सय ५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिनुभयो । 

यो पनि पढ्नुहोस