• १३ साउन २०८१, आइतबार

बाँचेर आयौँ अब आफ्नै क्षेत्रमा राम्रो काम गर्नेछाैंँ (फोटो फिचर )

blog

इजरायलमाबाट उद्धार गरेर सकुशल नेपाल फर्किएकी छोरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै विद्यार्थीकी आमा ।

काठमाडौँ, असोज २६ गते ।  इजरायलमा अध्ययन गरिरहेका २५४ जना नेपाली विद्यार्थीलाई सरकारले उद्धार गरेर काठमाडौँ ल्याएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार परराष्ट्रमन्त्री नारायणप्रसाद साउद आफैँ चार्टर विमान लिएर राजधानी तेल अबिब पुग्नुभएको थियो।

शुक्रवार बिहानपख काठमाडौँ आइपुग्दा उद्धार गरिएका सबै निकै खुसी थिए । धेरैले आफ्नो खुसीको आँसु लुकाउन सकेनन् । उनीहरूमध्ये एक हुनुहुन्थ्यो श्वेता भट्ट । उहाँले भन्नुभयाे, हामी सबै २५४ जना नै सकुसल आफ्नो देश बाँचेर आउन पायौँ धेरै खुसी लागेको छ तर १० जनाले ज्यान गुमाउनुका साथै एकजना बेपत्ता हुनुहुन्छ त्यसमा चाहिँ दुःख लागेको छ।

उहाँ भन्नुहुन्छ हामीलाई उद्धार गर्ने प्रक्रिया धेरै लामो होला भन्ने लागेको थियो तर यति छिटै उद्धार गर्दिनुभयो त्यसको लागि नेपाल सरकारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । अब आफ्नो ठाउँ क्षेत्रमा राम्रो काम गर्नेछु उहाँले बताउनुभयो ।

इजरायलबाट फर्किएका विद्यार्थीलाई नेपाल प्रहरीका तीन बसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उपत्यकाका तीन जिल्लाको विभिन्न स्थानसम्म लैजाने छन्।


तस्बिर: मनोजरत्न शाही/केशव गुरुङ्ग/सुजन गुरुङ्ग