• १ जेठ २०८२, बुधबार

गैँडा मृत फेला

blog

बर्दिया,  असाेज १९ गते । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको एउटा पोथी गैँडा मृत फेला परेको छ । 

गेरुवा गाउँपालिकास्थित बाजपुर सामुदायिक वनमा करिब १९र२० वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रीविनोद दाहालले जानकारी दिनुभयो । मृत गैँडाको शव परीक्षणपछि घटनाबारे विस्तृत विवरण आउने निकुञ्ज प्रशासनले जनाएको छ । रासस