• २० असोज २०८१, आइतबार

थारु महिला खोलामा माछा मार्न व्यस्त

blog

आज बिहान पानी परेपछि माछा मार्दै थारु समुदायका महिला । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, असोज ८ गते । थारु समुदायका महिला माछा मार्न व्यस्त भएका छन् । आज बिहान पानी परेर खेत, खोलामा पानी बढेपछि माछा मार्न उनीहरुको व्यस्तता बढेको हो ।  


माछाका पारखी यो समुदायका मानिस माछा, घोंघी, गँगटोका परिकार खान रुचाउने गर्छन् । पानी परिरहेको बेला वा पानी परेपछि उनीहरु माछा मार्ने सामग्री टापी, जाल, हेल्का लिएर खोलातिर जाने गर्दछन् । 


मनसुन सकिने बेला पानी पर्दा खेतको आलीले छेकिएका माछाहरु भाग्ने गरेकाले यो बेला धेरै माछा मार्न सक्ने सम्भावना रहने धनगढी उपमहानगरपालिका –८ की स्थानीय विष्णुदेवी चौधरीले बताउनुभयो । 

उहाँका अनुसार बर्खा लाग्ने बेला पानी पर्दा माछाहरु खेततिर आउने गर्छन् । बर्खा सकिने बेला पानी पर्दा खेतमा भएका माछाहरु खोलानालातिर भाग्ने गर्दछन् । त्यही बेला बढी माछा जालमा पर्नेगरेको उहाँको बुझाइ छ ।