• २ माघ २०८१, बुधबार

साफ यू–१९ च्याम्पियनसिप : सबैको लक्ष्य उपाधि

blog

प्रतियोगिताअघि ट्रफी सार्वजनिक गर्दै सहभागी टोलीका कप्तानहरु । तस्बिर : गोरखापत्र

काठमाडौँ, असोज ३ गते । पाँचौँ संस्करणको साफ यू–१९ च्याम्पियनसिप फुटबल बिहीबार देखि दशरथ रङ्गशालामा सुरु हुँदैछ । प्रतियोगितामा सहभागी सबै टोलीले आफ्नो लक्ष्य उपाधि रहेको धारणा राखेका छन् । 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयमा बुधबार आयोजित ‘पोस्ट् म्याच कन्फरेन्स’ मा बोल्दै नेपाली टोलीका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले तयारी राम्रो गरेकोले नेपालको लक्ष्य उपाधि चुम्नु रहेको बताउनुभयो । 

‘‘हामीले राम्रो तयारी गरेका छौं । घरेलु मैदानको फाइदा हामीलाई छ । उमेर समुूहमा सबैको प्रदर्शन बराबरी नै हुन्छ । तरपनि हामी तेस्रो पटक उपाधि जित्ने अभियानमा छौं,’’ श्रेष्ठले भन्नुभयो । 


भारतका प्रशिक्षक शुभेन्डु पान्डा पर्याप्त तयारी र प्रशिक्षण गरेकोले सुखद नतिजा निकाल्ने बताउनुभयो । ‘‘हामीले दुई वर्षदेखि तयारी गरिरहेका छौं । यो भारतको भविष्य बोकेको टिम हो ।

देशभरिबाट हामीले छनोर बनाएको यो टोलीले राम्रो गर्ने आशा छ । साफअघि साउदी अरबिया गएर बन्द प्रशिक्षण गर्यौँ । काठमाडौं आउनुअघि साउदीमा हामीले दुई वटा अभ्यास खेल खेलेर जित्यौं । हामी सबै खेलमा जित निकाल्दै उपाधि जित्न चाहन्छौं,’’ पान्डाले भन्नुभयो । 

भारत जस्तै अन्य टोलीका प्रशिक्षले पनि राम्रो खेल्दै उपाधि जित्ने टोलीको लक्ष्य रहेको धारणा राख्नुभएको थियो । पाकिस्तान भने ढिलो नेपाल आइनपुगेका कारण ‘पोस्ट् म्याच कन्फरेन्स’ मा उपस्थित भएन ।

नेपालले बिहीबार साँझ ५:३० बजे पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । बहिीबार नै पहिलो खेलमा दिउँसो १:३० बजे भारत र बंगलादेशबिच प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिपमा समूह ‘ए’ मा नेपाल, पाकिस्तान र माल्दिभ्स छन् । समूह ‘बी’ मा भारत, भुटान र बंगलादेश छन् ।


नेपाल र भारतले समान दुईपटक साफ यू–१९ उपाधि जितेका छन् । सन् २०१५ मा काठमाडौंमा भएको पहिलो संस्करणमा नेपालले भारतलाई टाइब्रेकरमा ५–४ गोलले  हराउँदै उपाधि जितेको थियो ।

त्यसको दुई वर्षपछि भुटानको थिम्पुमा भएको च्याम्पियनसिपमा नेपाल सिंगल राउन्ड रोबिन पद्धतिमा आधारमा अंकतालिकाको शीर्ष स्थानमा रहँदै लगातार दोस्रोपटक च्याम्पियन बनेको थियो । 

सन् २०१९ मा नेपालमै भएको तेस्रो संस्करमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । त्यतिवेला फाइनलमा भारतबंगलादेशलाई २१ गोलले हराउँदै च्याम्पियन बनेको थियो ।

सन् २०२२ मा भारतमा भएको अघिल्ले संस्करणमा नेपालमै सिंगल राउन्ड रोबिनका आधारमा भएको खेलमा नेपाल अगाडि बढ्न सकेन । फाइनलमा भारतले बंगलादेशलाई ५–२ गोलले हराउँदै उपाधि घर लगेकोे थियो । 

नेपाली टोलीको घोषणा

यू–१९ साफ च्याम्पियनसिपका लागि बिहीबार नै नेपाली टोलीको घोषणा भएको छ । नेपालका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले प्रतियोगिता सुरुहुन एकदिन अगाडि दुई खेलाडीलाई वैकल्पिकमा राख्दै २३ सस्यीय टोलीको घोषणा गर्नुभएको हो ।

यस प्रतियोगिताका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जिल्ला र प्रदेश हुँदै देशभरीबाट खेलाडी छनोट गरेको थियो । बनोटबाट बन्द प्रशिक्षणका लागि ३५ खेलाडी छानिएको थियो । त्यसबाट अन्तिम खेलाडीको घोषणा गरिएको हो । 

नेपाली टोलीको गोल रक्षकमा जियारथ सेख, रुविन बोगटी र अमित टमाटा हुनुहुन्छ । यस्तै रक्षकमा सिमान्त थापा, विशाल नेपाली, विक्रम तामाङ, आयुगा तिम्सिना, आश्विन घोरासैनी, दीपक थापामगर, निनसाङ पाराङदेन लिम्बु र गौरव महर्जन हुनुहुन्छ ।

मिडफिल्डरमा कुशल देउवा, लक्ष्छु थापा, प्रशान्त लक्सम, अविनाश स्याङतान, अनिल बोम्जन, धनसिंह बिक, हरिषराज भट्ट र नेल्सन तामाङ हुनुहुन्छ । स्ट्राईकरमा समिर तामाङ, निराजन धामी, सुजन डंगोल र सिद्धार्थ अधिकारी तथा वैकल्पिक खेलाडीमा निशान्त तामाङ र निरज कार्की हुनुहुन्छ ।