• २१ वैशाख २०८१, शुक्रबार

विश्वकर्माको स्मरणमा सवारीसाधन तथा औजारको पूजा (फोटो फिचर)

blog

विश्वकर्मा पूजाको अवसरमा काठमाडौँको शक्तिपीठमा सवारी साधान पूजा गर्दै सर्वसाधारण । तस्बिर : केशब गुरुङ

काठमाडौं, असोज १ गते । आज आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै छ । हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको छ ।

कालिगडले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पूजाआजा गरेर विश्वकर्मा पूजा मनाउने चलन छ ।

आजको दिन समुन्द्र मन्थनबाट निस्किनुभएका भगवान् विश्वकर्मालाई स्मरण गरी आज औजार, धातुजन्य उपकरण तथा सवारीसाधनको पूजा गर्नाले चोटपटक नलाग्ने, दुर्घटना नहुने जनविश्वास छ । आजको दिन नयाँ सवारीसाधन खरिद गरेका तथा आफ्ना सवारीसाधन भएकाले विभिन्न शक्तिपीठमा गएर विश्वकर्मा बाबाको सम्झनामा पूजापाठ गर्ने गर्छन् ।

काठमाडौँको भद्रकाली, दक्षिणकाली लगायतका शक्तिपीठमा गएर सवारीसाधनको पूजा गरिएको छ । 

द्वापरयुगमा भगवान् कृष्णलाई विभिन्न राक्षसहरूले दुःख दिएपछि कृष्णकै आग्रहमा विश्वकर्मा बाबाले समुन्द्रको बिचमा भेद द्वार बनाई संरक्षण गरेको धार्मिक विश्वास समेत छ । सोही बेलादेखि विश्वकर्मा पूजा मनाउने परम्परा चलिआएकाे किंवदन्तीमा उल्लेख  छ । ब


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।