• १६ भदौ २०८१, आइतबार

कीर्तिपुरको गाइजात्रा ध्यँध्यँ पापा

blog

कीर्तिपुर,  भदाै १५ गते । गाइजात्रा मनाउने पनि ठाउँ अनुसार फरक फरक ढगंले मनाउने गरेको पाइन्छ । कीर्तिपुरमा यो जात्रा अन्य ठाउँमा भन्दा अन्य ठाउँमा भन्दा फरक ढंगले मनाउने चलन छ ।

भाद्रकृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने गाईजात्रा पर्वलाई ऐतिहासिक एवम् सांस्कृतिक पर्वका रूपमा लिने गरिन्छ । वर्ष दिनभित्र मृत्यु भएका आफन्तको सम्झनामा यो पर्व नेवाः समुदायले विशेष रुपमा मनाउने गर्छन् । 

कीर्तिपुरमा निश्चित ठाउँमा जम्मा भएर नाच प्रस्तुत गर्ने गरिन्छ । यो प्रस्तुतिलाई ‘ध्यँध्यँ  पापा’ भनिन्छ । यो प्रस्तुति करिब दुई सय वर्ष अगाडिदेखि नै चलनमा रहेको मान्यता रहि आएको छ । यो धेरै पुरानो संस्कृति हो । ध्यँध्यँ पापा को अर्थ छिनाल छिनाल, काट् काट् हो । 




Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।