काठमाडौँ , भदौ १५ गते । लोकगायक गोपाल तिमल्सिनाको ‘गाईजात्रा के हुन्छ, के हुन्छ २०८०’ सार्वजनिक भएको छ । राजनीतिक घटना र समसामयिक विषयलाई व्यङ्ग्यात्मक तरिकाले उक्त गाईजात्रा कोसेलीमा प्रस्तुत गरिएको छ । हेरक नेपालीको दुःख वेदनाले भरिएको यथार्थलाई व्यङ्ग्यमार्फत बाहिर ल्याउन खोजेको गायक तिमल्सिनाले बताउनुभयो । उक्त प्रस्तुतिमा शब्द, सङ्गीत र आवाज गोपाल तिमल्सिनाकै रहेको छ भने सङ्गीत संयोजन विष्णु तामाङले गर्नुभएको छ ।
सुशील सैंजूको छायाङ्कन र विनोद बमको सम्पादन रहेको प्रस्तुतिमा गोपाल तिमल्सिना, भगवान खत्रीलगायतका कलाकारहरूको अभिनय छ ।