• १२ साउन २०८१, शनिबार

प्रधानमन्त्रीसँग संयुक्त अधिराज्यका राजदूतको भेटवार्ता

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गर्नुहुँदै नेपालका लागि नवनियुक्त संयुक्त अधिराज्यका राजदूत रोब फेन । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, भदौ १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’सँग नेपालका लागि नवनियुक्त संयुक्त अधिराज्यका राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा आज (बुधबार) भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा विचार विमर्श हुनाका साथै नेपाल–संयुक्त अधिराज्यबीच सहयोगका बारेमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो । राजदूत फेनले नेपाल आएपछि प्रधानमन्त्री प्रचण्डसँग पहिलो पटक भेटवार्ता गर्नुभएको हो ।

यसैगरी,  प्रधानमन्त्रीप्रचण्डसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव इसला रुवान विराकुनले बिदाइ भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच सार्कका विविध विषयमा कुराकानी भएको थियो ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले महासचिवका रुपमा विराकुनले निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।