• १३ असोज २०८१, आइतबार

पहिरोमा फसेकी ९ वर्षीया बालिकाको उद्धार, पाँच जना अझै बेपत्ता

blog

पहिरोमा फसेकी बालिकाको खोजी गर्दै स्थानीय । तस्बिर गोरखापत्र

राधा लुइँटेल

फिदिम, असार ३ गते । पहिरोले घर पुर्दा बेपत्ता भएकी पाँचथर फालेलुङ -३ की जुना सावदेनको उद्धार गरिएको छ ।

फालेलुङ -३ खोलाघारीका मनप्रसाद राईकी नौ वर्षीया नातिनी जुना सावदेनको आइतबार बिहान उद्धार गरिएको हो। सावदेनलाई स्थानीय बासिन्दाले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले बताउनुभयो ।

मध्य राती घर माथिबाट आएको पहिरोले घर पुर्दा सावदेन पुरिनु भएको थियो । पहिरो आएको थाहा पाएपछि उहाँका हजुरबा मनप्रसाद र हजुरआमा भागेर ज्यान बचाउन सफल भए पनि सुतिरहेकी जुना पहिरोमा फस्नुभएको थियो ।

अविरल वर्षासँगै आएको बाढीमा पर्दा फिदिम नगरपालिका -४ हेवा खोला र माझिटार क्षेत्रका ५ जना बेपत्ता छन् । उनीहरूलाई बाढीले बगाएको आशङ्का गरिएको पाँचथरका प्रहरी नायव उपरीक्षक खतिवडाले जानकारी दिनुभयो ।

मध्यरातमा आएको बाढीले हिलिहाङ,याङवरक,फिदिम र फालेलुङमा दर्जन बढी पुल र संरचना बगाएको छ ।