• ८ वैशाख २०८१, शनिबार

पन्तको ‘एक चिम्टी सिन्दूर’

blog

काठमाडौँ, जेठ २० गते । गायिका अञ्जु पन्तको गीत ‘एक चिम्टी सिन्दूर’ सार्वजनिक भएको छ। दुःख पीडा झल्किने गीतमा सविता पोखरेलको शब्द तथा सरोज कोइरालाको सङ्गीत छ। गीतको म्युजिक भिडियोमा कलाकार सागर लम्साल ‘बले’, अञ्जली अधिकारी र समीक्षा क्षेत्रीको त्रिकोणात्मक प्रेमकथा देखाउन खोजिएको छ। ‘एक चिम्टी सिन्दूर’ कोही लाएर रुन्छन्, कोही लाउन नपाएर रुन्छन् भन्ने भावभित्र मायाप्रेम, धोका र विश्वासघातका विषय भिडियोमा देखाउन खोजिएको छ। नवराज उप्रेतीको छायाङ्कन रहेको भिडियोमा नवीन उप्रेतीको सम्पादन छ।