• ६ जेठ २०८१, आइतबार

विराटनगर आइपुग्यो भारतको बथनाहाबाट छुटेको कार्गो रेल

blog

सीमावर्ती भारतको कटिहार जिल्लाको बथनाहादेखि विराटनगर–१८ वुद्धनगरस्थित नेपाल कस्टम यार्डसम्म आठ किलोमिटर दुरी तय गरी बिहीबारआएको कार्गो रेल । तस्बिर/मनोज दाहाल/रासस

काठमाडौं, जेठ १८ गते । भारतको बथनाहाबाट छुटेको कार्गो रेल विराटनगर आइपुगेको छ । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त उद्घाटन गर्नुभएपछि भारतको बथनाहाबाट छुटेको कार्गो रेल विराटनगर आइपुगेको हो ।

बथनाहादेखि विराटनगर –१८ बुद्धनगरस्थित नेपाल कस्टम यार्डसम्म आठ किलोमिटर दूरी तय गरी बिहीबार दिउँसो कार्गो रेल आइपुगेको हो ।
प्रधानमन्त्री प्रचण्ड र उहाँका भारतका समकक्षी मोदीले झण्डा देखाएपछि बथनाहाबाट भारतीय पक्षले कार्गो रेललाई बिदाइ र बुधनगरमा नेपाली सरकारी अधिकारी गरेका छन् ।

विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकीसम्म आइपुगेको सो मालवाहक रेलले केही उद्योगका लागि कच्चापदार्थ ढुवानी गरेको छ ।

लामो समयदेखि कोशी प्रदेशका व्यवसायीले सीमा क्षेत्र बथनाहादेखि विराटनगरको एकीकृत जाँच चौकीसम्म सञ्चालनमा रहेको रेललाई माल सामान ढुवानीका लागि खुला गरेर सहजीकरण गर्न अनुरोध गर्दै आएका थिए ।

सो रेलमार्ग २०७५ कात्तिक ८ गते रेल सञ्चालनका लागि परीक्षणसमेत भइसकेको छ । बुधबार पनि सो रेलमार्गको पुनः परीक्षण गरिएको रेल विभागले जनाएको छ ।


उद्घाटन भएपछि सो रेलमार्ग नियमितरुपमा सञ्चालन हुनेछ । यात्रुवाहक रेल भने शीघ्र सञ्चालनमा ल्याउने तयारी छ । यात्रुवाहक रेलका लागि भने कटहरीसम्म रेलमार्ग निर्माण हुनुपर्नेछ । त्यसका लागि पनि आवश्यक तयारी भइरहेको छ ।

बथनाहादेखि विराटनगर हुँदै कटहरीसम्म १८ दशमलव एक किलोमिटर लामो रेलमार्ग सन् २०११ देखि निर्माण सुरु भएको भए पनि पूरा हुन सकेको छैन । केही स्थानमा मुआब्जा विवाद कायमै छ । उक्त समस्या समाधानका लागि पहल भइरहेको छ ।

भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा सो रेलमार्ग निर्माण भएको हो । विवरणअनुसार भारतको बथनाहाबाट विराटनगर हुँदै कटहरी गाउँपालिकाको महेशपुरमा अन्तिम स्टेसन निर्माण गर्ने सरकारको योजना छ । कूल लम्बाइमध्ये भारततर्फ पाँच र नेपालतर्फ १३ किलोमिटर बराबर छ ।

सो आयोजनाको कूल लागत तीन अर्ब ७३ करोड भारतीय रुपियाँ छ । उक्त रेलमार्ग निर्माणको जिम्मा भारतीय कम्पनी इरकोनले लिएको थियो । त्यस्तै  हाल जनकपुर जयनगर रेलमार्गसमेत सञ्चालनमा छ । सो रेलमार्ग महोत्तरीको बर्दिबाससम्म निर्माणाधीन छ ।

यो पनि पढ्नुहोस

भारतले दश वर्षमा दश हजार मेगावाट बिजुली खरिद गर्ने

नेपाल–भारतका प्रतिनिधिमण्डलबीच वार्ता

दुई महत्त्वपूर्ण पाइप लाइन निर्माणमा सहमति