शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, जेठ १२ गते । नेकपा (एमाले) का सांसदहरूले बेल घेराउ गरेका छन् । बेल घेराउसँगै प्रतिनिधि सभा बैठक २० मिनेटका लागि स्थगित गरिएको छ ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा उठेर विरोध गरिरहेका एमाले सांसदहरूले सरकारविरुद्ध नाराबाजी गर्दै बेल घेराउ गरेका थिए ।
सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले पशुपतिनाथमा पित्तलको जलहरी चढाएर एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचार गरेको आरोप लगाएपछि सरकारलाई त्यसको जवाफ दिन माग गर्दै एमालेका सांसदहरूले संसद् चल्न नदिने अडान लिएका थिए ।
यसैबीच, नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रमुख प्रतिपक्ष दलका नेतामाथि लगाइएको सो आरोप पुष्टि नभएसम्म संसद् चल्न नदिने अडान राख्नुभएको थियो ।