• ११ पुस २०८१, बिहिबार

पाठ्यक्रममा सशस्त्र सङ्घर्षका कथा

blog

पचालझरना गाउँपालिकाले बनाएको स्थानीय पाठ्यक्रम हस्तान्तरण गरिँदै । तस्बिर : रमेशकुमार बोगटी

मान्म समाचारदाता

कालीकोट, जेठ १ गते । पचालझरना गाउँपालिकाले सशस्त्र सङ्घर्षका विषय समेटेर स्थानीय पाठ्यक्रम तयार पारेको छ । पाठ्यपुस्तकमा ‘दसवर्षे जनयुद्ध’ शीर्षक समावेश गरिएको छ । सशस्त्र सङ्घर्षको समयमा कालीकोटका ५२६ जना र पचालझरना गाउँपालिकाका करिब सय जनाले बलिदानी दिएको विषयलाई पाठ्यक्रममा समावेश गरिएको छ ।

गाउँपालिका अध्यक्ष देवराज शाहीले स्थानीय पाठ्यक्रममा सशस्त्र सङ्घर्षका घटना विद्यार्थीलाई जानकारी दिनु उपयोगी हुने भएकाले पाठ्यक्रम निर्माण गरिएको बताउनुभयो ।

‘हाम्रो पचालझरना’ पाठ्यक्रममा आठवटा खण्ड समावेश छन् । गाउँपालिकाले शैक्षिक सत्र २०८० देखि गाउँपालिकाका विद्यालयमा सो पाठ्यक्रम लागु गरिने जनाइएको छ । कक्षा एकदेखि आठसम्मका विद्यार्थीले अनिवार्य अध्ययन गर्नुपर्ने गरी पाठ्यव्रmम निर्माण गरिएको हो । गाउँपालिका अध्यक्ष देवराज शाहीले नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गर्दै गाउँपालिकाले पाठ्यक्रम तयार पारिएको जानकारी दिनुभयो ।

गाउँपालिकाले तर्जुमा गरेको स्थानीय पाठ्यक्रम अनुसार हाम्रो पचालझरना तयार पारिएको हो । पाठ्यपुस्तकमा हाम्रो पचालझरना, हाम्रो कला, संस्कार र संस्कृति, हाम्रो स्थानीय पेसा व्यवसाय पर्यटन र आर्थिक व्रिmयाकलाप, हाम्रा रैथाने बालीहरू, जीवनोपयोगी सीप, स्थानीय जडीबुटीर, विपत् व्यवस्थापन र हरित विद्यालय शीर्षक समावेश छन् ।

पचालझरना गाउँपालिका शिक्षा शाखा प्रमुख नमराज शाहीले गाउँपालिकाको हावापानी, भूगोल, प्राकृतिक स्रोत साधन र स्थानीय पेसा व्यवसायलाई समेटेर स्थानीय पाठ्यक्रम निर्माण गरिएको जानकारी दिनुभयो ।