• ९ मंसिर २०८१, आइतबार

अमृतसर विस्फोट : पाँच पक्राउ

blog

पञ्जाब, वैशाख २८ गते । बिहीबार बिहान अमृतसरको गोल्डेन टेम्पल नजिकै रहेको श्री गुरु राम दास निवास नजिकै भएको विस्फोटमा पाँच षड्यन्त्रकारीलाई पक्राउ गरिएको छ ।

ट्विटरमा पञ्जाबका प्रहरी महानिर्देशक (डीजीपी) गौरव यादवले घटनामा संलग्न पाँच जनालाई गिरफ्तार गरेर मुद्दा चलाएको  बताउनुभएको छ । उहाँले विस्फोटका बारेमा पत्रकार सम्मेलन आयोजना गरेर विस्तृत जानकारी सार्वजनिक गरिने बताउनुभएको छ । बिहीबार बिहान अमृतसरको गोल्डेन टेम्पल नजिकै रहेको श्री गुरु राम दास निवास नजिकै विस्फोट भएको आवाज सुनिएको थियो । यो एक हप्तामा वरपर चकित पार्ने तेस्रो विस्फोट थियो ।

बिहीबार बिहान करिब १२.३० बजे विस्फोट भएको थियो । पञ्जाब प्रहरी स्रोतका अनुसार विष्फोटको उद्देश्य शान्ति खलल पार्ने थियो । ‘पटाखामा प्रयोग हुने विस्फोटक पदार्थ विस्फोटमा प्रयोग गरिएको थियो,’ स्रोतले एएनआईलाई  बताएको छ । यद्यपि घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।

पत्रकारहरूसँग कुरा गर्दै प्रहरी आयुक्त नौनिहाल सिंहले यसअघि भने, ‘बिहान १२.१५/१२.३० बजे ठूलो आवाज सुनिएको थियो। अर्को विस्फोट हुनसक्ने आशङ्का छ। यसको पुष्टि हुन बाँकी छ। ‘शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ,’ उहाँले भन्नुभयो ।

श्री गुरु राम दास निवास सबैभन्दा पुरानो 'सराई' (लज) हो । प्रहरी र फरेन्सिक टोली घटनास्थलमा पुगेर अनुसन्धान भइरहेको छ । रासस/एएनआई