• ९ मंसिर २०८१, आइतबार

सङ्गीतबाट नाम कमाएको छु : केसी

blog

नेपाली लोक साङ्गीतिक आकाशमा चम्किलो तारा बन्ने सपना बुनेर १४ वर्षअघि यस क्षेत्रमा होमिनुभएकी लोक पप गायिका  सुजाता केसीले आफ्नो सुमधुर स्वरको जादु चलाइरहनुभएको छ । 

‘पाइएन ओखती दिल दुखेको’ जस्ता चर्चित गीत गाउनुभएकी उहाँका करिब एक दर्जन गीत युट्युबमा चर्चामा छन् । प्रस्तुत छ, उहाँसँग गरिएको कुराकानी । 

गायन पेसा किन रोज्नुभयो ?

सानैदेखि गायनमा रुचि थियो । सङ्गीत बुझ्नुअगाडि नै गायन सुरु गरिसकेकी थिएँ । सानोमा अरूको गीत गाएर गाउँघरका कार्यव्रmममा भाग लिन्थे । त्यो व्रmममा सबैले स्वर राम्रो छ भनेर हौस्याउँथे । बुवाले पनि गायनमा लाग्न प्रेरणा दिनु हुन्थ्यो । मेरो बुवा विद्यालयको प्रधानाध्यापक हुनुहुन्थ्यो । विद्यालयमा साङ्गीतिक वाद्यवाधनलगायतको सुविधा नभए पनि बुवाले गीत लेख्ने, कम्पोज गर्ने र बच्चाहरूलाई गाउन लगाउनुहुन्थ्यो । त्यो समयदेखि नै गायिका बन्छु भन्ने विश्वास जागेको थियो । 

गायनबाट जीविका चलाउन सकिन्छ ?

गायनमा लागेको एकदशक बढी समय भयो । अहिलेसम्म ठिकै छ । नाम होस् भन्ने थियो, त्यो कमाएकी छु । दाम पनि अलि अलि छ । घरबाट आफ्ना लागि पकेट खर्च माग्नुपर्दैन । यसैबाट पुगेको छ । धेरै कमाउँला भनेर गायन रोजेको पनि होइन । अहिले मेरो आफ्नो युट्युब च्यानल छ । त्यसैले अडियो, टिकटक र आफ्नै च्यानलबाट पनि पैसा आउँछ । राम्रो सङ्गीत दिन सक्यो भने झन् धेरै आउँछ । 

म्युजिक भिडियोमा देखिँदै आउनुभएको छ । अभिनयमा रुचि हो ?

अहिले गायक/गायिका आफ्नै भिडियोमा देखिन थालेका छन् । त्यसैले म पनि अभिनयमा देखिँदै आएकी हुँ । बच्चा जन्मेपछि अभिनयमा ‘ग्याप’ भएको छ । यद्यपि अभिनयप्रतिको रुचि भने मरेको छैन । 

कस्तो गीत गाउन मन पर्छ ?

अहिलेसम्म मेरो रोमान्टिक मेलोडियस्  गीत आएको छैन । त्यो ल्याउन मन लागेको छ ।