• ९ मंसिर २०८१, आइतबार

थाइल्याण्ड निर्वाचन : चर्चित चार अनुहार

blog

बैंकक, वैशाख २७ गते । थाइल्याण्डको आइतबारको निर्वाचनले नयाँ प्रधानमन्त्री बन्ने होडमा रहेका केही उम्मेदवारलाई चयन गर्नेछ । लामो समयदेखि ‘रोलेक्स जनरल’ भनेर चिनिने राजनीतिज्ञदेखि नयाँ अनुहारका प्रतिद्वन्द्वीसम्म आइतबारको निर्वाचनपछि थाइल्याण्डको नयाँ प्रधानमन्त्री बन्ने होडमा रहेका छन् ।

वर्तमान प्रधानमन्त्री प्रयुत चान–ओ–चा आफ्नो नवगठित युनाइटेड थाई नेशन पार्टीको नेतृत्व गर्दै पुनः चुनावको दौडमा हुनुहुन्छ । थाइल्याण्डमा सन् २०१४ मा भएको सैन्य ‘कू’ का मुख्य योजनाकारमध्येका एक प्रयुतले सन् २०१९ को विवादास्पद मतदानमा सत्ता सम्हाल्नुभएको थियो ।

संवैधानिक अदालतको फैसलाअनुसार ६९ वर्षीय उहाँ थाइल्याण्डको सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री रहेका मध्येका एक नेता हुनुहुन्छ । तर उहाँ सन् २०२५ सम्म मात्र उक्त पदमा बसिरहन सक्नुहुनेछ ।

उत्तरपूर्वी नखोन रात्चासिमा प्रान्तमा एक सैनिक परिवारमा जन्मिएका प्रयुत सन् १९८० मा मिलिटरी कलेजबाट उठेर प्रतिष्ठित क्वीन्स गार्ड्सको कमान्डर बन्नुभएको थियो ।

सन् २००६ मा भएको ‘कू’ मा सत्ताच्युत भएका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राका ग्रामीण समर्थकसहित रेड सर्टका प्रदर्शनकारीमाथि भएको कारबाहीमा उहाँ संलग्न हुनुहुन्थ्यो । उक्त आन्दोलनमा ९० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

उहाँले सन् २०१८ मा भ्यालेन्टाइन डेको अवसरमा ‘डायमन्ड हार्ट’ नामक गीतसहित कविता र गीतहरू सार्वजनिक गरेर पछिका वर्षहरूमा छवि पुनर्स्थापनाको प्रयास गर्नुभएको छ ।

त्यसैगरी, पालाङ प्रचारथ पार्टीका नेता प्रवित वोङ्गसुवान ‘रोलेक्स जनरल’ र कौशलको प्रेमको लागि एक शान्त राजनीतिक नेताका रूपमा चिनिनुहुन्छ । सन् १९४० को दशकमा एक सैनिक परिवारमा जन्मिएका उहाँ एक सिपाहीका रूपमा सेनामा प्रवेश गरी सन् २००४ देखि २००५ सम्म सेना प्रमुख हुँदै सेवा निवृत्त हुनुभएको थियो ।

सन् २००६ को ‘कू’ पछि उनी राष्ट्रिय सभामा नियुक्त भएका थिए भने सन् २००८ मा उनी डेमोक्र्याट पार्टीको नेतृत्वमा रक्षामन्त्री थिए ।

प्रवितलाई सन् २०१४ को ‘कू’ का मुख्य आर्किटेक्टमध्ये एकका रूपमा हेर्ने गरिएको छ । उहाँले प्रयुतसँग नजिक रहेर उहाँको उपप्रधानमन्त्रीसमेत बन्नुभएको थियो ।

‘रोलेक्स जनरल’ले सन् २०१८ मा १२ लाख अमेरिकी डलर बराबरको २५ वटा लक्जरी घडीको फोटो खिचेपछि आलोचनाको आँधीबेहरीको सामना गर्नुपरेको थियो ।

अविवाहित र कुनै सन्तान नभएका उहाँले पहिलो पटक प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्नुहुनेछ । एक सन्तानका बाबु रहेका ४२ वर्षका पिता लिम्जारोएनरातलाई यहाँको राजनीतिमा नयाँ अनुहार मानिन्छ तर उहाँलाई वृद्ध राजनीतिज्ञहरूको बीचमा राजनीतिकरूपमा ‘मुटुको धड्कन’ मानिन्छ ।

सन् २०२० मा अदालतले मुभ फरवार्डको पूर्ववर्ती फ्युचर फरवार्ड पार्टीलाई विघटन गरी संस्थापक तथा अटो पार्ट्स टाइकून थानाथोर्न जुआङ्गरुङ्गरुङ्गकिटलाई एक दशकका लागि राष्ट्रपतिपदका लागि प्रतिस्पर्धा गर्न प्रतिबन्ध लगाएपछि उहाँलाई नेतृत्वमा नियुक्त गरिएको थियो ।

सन् २०१९ मा सांसद निर्वाचित हुनुअघि हार्वर्डमा पढेका पिता उद्यमीबाट राजनीतिमा प्रवेश गर्नुभएको हो । उहाँ २५ वर्ष हुँदा बुबाको मृत्यु भएपछि पिता आफ्नो परिवारको अत्यधिक ऋणमा रहेको व्यवसाय एग्रिफुड चलाउन घर फर्किनुभएको थियो ।

न्युजिल्याण्डको हाईस्कूलमा अध्ययन गरेका पिता सन् २००८ मा क्लियो थाइल्याण्डका ‘अत्यधिक मन पराइएका ५० योग्य ‘ब्याचलर’ मध्ये एक हुनुहुन्छ । सन् २०१२ मा उहाँले थाई टिभी अभिनेत्री चुतिमा तिपानातसँग विवाह गर्नुभएको थियो । तर यो यो वैवाहिक सम्बन्ध सन् २०१९ मा टुटेको थियो ।

गाँजाको औषधीजन्य महत्त्वको वकालत गर्ने थाइल्याण्डको राजनीतिक आन्दोलनको अकल्पनीय अनुहार स्वास्थ्यमन्त्री तथा भुमजैथाई पार्टीका नेता अनुतिन चार्नभिराकुल सन् २०२२ मा थाइल्याण्डको राजनीतिक आन्दोलनको चर्चामा रहनुभएको थियो ।

न्युयोर्कको होफस्ट्रा युनिभर्सिटीमा पढेका ५६ वर्षीय उहाँ थाइल्याण्डको सबैभन्दा धनी परिवारमध्येका एक हुनुहुन्छ । सोखका लागि पाइलटका रूपमा काम गर्ने उहाँले दानका लागि अङ्गहरू काटेको दाबी गर्नुहुन्छ ।

सन् १९९० को दशकमा राजनीतिमा प्रवेश गरेका उहाँले पछि अर्बपति थाक्सिन सिनावात्राको सरकारमा उपमन्त्रीको रूपमा काम गर्नुभएको थियो । त्यसपछि उहाँलाई पाँच वर्षको राजनीतिक प्रतिबन्ध लगाइएको थियो ।

प्रतिबन्धको अवधि समाप्त भएपछि उहाँ भुमजैथाईमा सामेल हुनुभएको थियो । उहाँ २०१२ मा नेता बन्नुभयो र २०१९ मा सरकारको गठबन्धनमा पार्टीको तर्फबाट नेतृत्व गर्नुभयो ।

महामारीको समयमा स्वास्थ्य मन्त्रीको रूपमा उहाँ २०२१ को लकडाउन र असमान खोप वितरणको अव्यवस्थित ह्यान्डलिङको लागि आलोचनाको सिकार हुनुभएको थियो । यसको बाबजुद, अनुटिनले अझै पनि सन् २०१९ मा जस्तै चुनावको परिणाममा ‘किङ्गमेकर’को भूमिका निभाउन सक्ने आङ्कलन गरिएको छ । रासस/एएफपी