• १५ वैशाख २०८१, शनिबार

सुर्खेतमा रिङ रेस्लिङ महाभिडन्त

blog

रिङ रेस्लिङ महाभिडन्त बारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

काठमाडौं, वैशाख २५ गते । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको रिङ रेस्लिङ विभागको आयोजनामा दोस्रो मदन भण्डारी रिङ्ग रेस्लिङ महाभिडन्त राष्ट्रिय प्रतियोगिता जेठ १३ गते सुर्खेतमा हुने भएको छ ।

७२औँ मदन स्मृति तथा मदन जयन्तीको अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको एकेडेमीका केन्द्रीय उपाध्यक्ष तेजविक्रम बस्नेतले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । 

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले घोषणा गरेको विविध खेलकुदअन्तर्गत रेस्लिङको दोस्रो संस्करण सुर्खेतमा हुन लागेको नेपाल रिङ रेस्लिङ सङ्घकी महासचिव एवम् एकेडेमीकी केन्द्रीय उप-महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो । 

प्रतियोगितामा लाइट वेटतर्फ सिजे वर्ल्ड र कम्ब्याटको भिडन्त हुनेछ । यसका साथै महिलातर्फ तन्नु र आकृति भिड्ने छन् भने ट्याग टिम भिडन्त टुप्पी ग्याङले सुजलको टिमसंग तथा एक्स हिरोबीच हुनेछ ।

हार्डकोर भिडन्तमा चट्टान र स्पाइडरम्यान उपाधिका लागि रिङमा उत्रने छन् । लाइट वेटमा डेभिडले र साइनको सामना  गर्नेछन् । त्यस्तै नुवाकोटे टाइगर र किङ रोर्वोटबीच हेभीवेटमा भिड्ने छन् ।

लाइट वेटतर्फको विजेताले ५० हजार, ट्याग टिम च्याम्पियनले ५० हजार, लेडिज वेट च्याम्पियनले ६० हजार, मिडल वेट च्याम्पियनले नगद ७० हजार, हार्डकोर च्याम्पियनले ७५ हजार र हेभीवेट च्याम्पियनले १ लाख ५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।

उप-महासचिव श्रेष्ठले प्रतियोगिताले कर्णाली प्रदेशको आन्तरिक तथा बाह्य पर्यटनको विकाससँगै कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुदको प्रचार प्रसारमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।