• ७ जेठ २०८१, सोमबार

प्रतिनिधि सभा बैठक स्थगन

blog

प्रतिनिधि सभाको बैठक ।

काठमाडौं, वैशाख २५ गते । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ । सभामा अर्थमन्त्री डा. प्रकाशशरण महत नभएको भन्दै प्रतिपक्ष दलका सांसदहरूले विरोध जनाएपछि बैठक १५ मिनेटका लागि स्थगन गरिएको हो ।

बैठकमा आ.व.२०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल भइरहेको थियो । छलफलकै क्रममा अर्थमन्त्री महत बैठकमा अनुपस्थित भएसँगै बैठक सञ्चालनमा प्रतिपक्ष दलका सांसदहरूले अवरोध गरेका हुन् ।

बैठक स्थगनबारे जानकारी दिनुहुँदै सभामुख देवराज घिमिरेले भन्नुभयो, ‘‘केही प्राविधिक समस्याको कारणले अर्थमन्त्रीज्यूको उपस्थिति केही कारणले ढिला भइरहेको हुँदाखेरी १५ मिनेटको लागि यो बैठक स्थगन हुन्छ । त्यसपछाडि फेरि सुचारु हुनेछ ।’’

बैठक १५ मिनेट पछि सुचारु हुने सभामुख घिमिरेको भनाइ छ ।