काठमाडौं, वैशाख ४ गते । सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा इङ्लिस प्रिमियर लिगको शीर्षटोली आर्सनल वेस्ट हाम युनाइटेडसँग बराबरीका रोकिएको छ ।
सोमबार राति भएको खेलमा आर्सनलले वेस्ट हामसँग उसैको मैदानमा २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो । आर्सनलका लागि गाब्रियल जेससले सातौँ र मार्टिन ओडेगार्डले १०औँ मिनेटमा गोल गर्नुभयो ।
वेस्ट हामका सेड मेनरहमाले ३३औँ र जारोड वोवेनले ५४औँ मिनेटमा गोल गर्नुभएको थियो । यसअघि ५२औँ मिनेटमा आर्सनलले पेनाल्टीको अवसर गुमाएको थियो ।
बुकायो साका पेनाल्टीमा चुकेपछि आर्सनल दबाबमा परेको थियो । बराबरीसँगै आर्सनलले शीर्षस्थानमा चार अङ्कको अग्रता बनाएको छ । आर्सनलको ३१ खेलबाट ७४ अङ्क छ ।
दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ७० अङ्क छ । सिटीले एक खेल कम खेलेको छ । ३० खेलबाट ३१ अङ्क बनाएको वेस्ट ह्याम १५औँ स्थानमा छ ।
अर्को खेलमा म्यानचेस्टर युनाइटेडले नटिङ्घम फिरेस्टलाई २–० गोलले हरायो । युनाइटेडको जितका एन्टोनीले ३२औँ र डिओगो डालोटले ७६औँ मिनेटमा गोल गर्नुभयो ।
जितसँगै तेस्रो स्थानमा उक्लिएको युनाइटेडले ३० खेलबाट ५९ अङ्क बनाएको छ । पराजित नटिङ्घम २७ अङ्कसहित १८औँ स्थानमा छ । एजेन्सी