• १२ असार २०८१, बुधबार

एपीएफलाई भलिबल उपाधि

blog

फाइल तस्बिर ।

काठमाडौंं वैशाख २ गते । प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफ क्लबले जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शनिबार भएको फाइनलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा हरायो । एपीएफले २५-२०, १८-२५, २५-१६, २५-२२ को जित निकालेको थियो ।

उपाधिसँगै एपीएफले चार लाख रुपियाँ पुरस्कार पायो । उपविजेता पुलिसले दुई लाख रुपियाँ पायो । तेस्रो स्थानका लागि भएको खेलमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हरायो । 

आर्मीले २५-१८, २५-११, २९-२७ को जित निकालेको हो । तेस्रो भएको आर्मीले एक लाख र चौथो स्थानमा चित्त बुझाएको गण्डकीले ५० हजार रुपियाँ पुरस्कार पायो ।