• ७ जेठ २०८१, सोमबार

बेवारिसे बन्यो विज्ञान प्रविधि भवन

blog

दोलखा समाचारदाता

दोलखा, वैशाख २ गते । दोलखा दोलखाको भीमेश्वर नगरपालिका–६, झुलेमा निर्मित हिमालयन अनुसन्धान विज्ञान तथा प्रविधि प्रतिष्ठानको भवन अलपत्र एवं बेवारिसे अवस्थामा रहेको छ। यो भवन एक करोड ५१ लाख छ हजार २५० रुपियाँको लागतमा निर्माण गरिएको हो। 

सो वडाका वडाध्यक्ष नवीन लामाले सङ्घीय बजेटमा तीनतले भवन निर्माण गर्न सुरु गरिएको यो भवन खर्च अभावले दुई तला मात्रै बनेको छ। “कार्यविधि बनाएर सञ्चालन गर्नुपर्ने हो तर प्रक्रिया जटिल बन्दै गएपछि सञ्चालन पनि हुन सकेन,” उहाँले भन्नुभयो। भवन १७ रोपनी क्षेत्रफलमा निर्माण गरिएको छ। 

नगरपालिकाका पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखा प्रमुख इन्जिनियर सुरेश राउतले भवन बने पनि सञ्चालनका लागि बजेट, दक्ष जनशक्ति, स्वीकृतिलगायतका काममा विलम्ब हुँदा भवन प्रयोगविहीन बनेको बताउनुभयो।