काठमाडौं, चैत ३० गते । प्रधान सेनापति महारथी प्रभुराम शर्मा र नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटि भोल्कबीच भेटघाट भएको छ ।
बिहीबार दिउँसो भद्रकालीस्थिति जङ्गी अड्डामा प्रधान सेनापति शर्मा र राजदूत भोल्कबीच भेटवार्ता भएको जननसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उक्त भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको निर्देशनालयले जनाएको छ ।
भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।