• १३ साउन २०८१, आइतबार

प्रमुख तीन दलका नेताहरूको बैठक बालुवाटारमा

blog

सभामुखको निवास बालुवाटार प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटघाट गर्दै । तस्बिरः प्रदीपराज वन्त

काठमाडौँ, चैत २८ गते । बालुवाटारस्थित सभामुख निवासमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी हुनुहुन्छ ।

यसै गरी बैठकमा एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने सहभागी हुनुहुन्छ । यसै गरी महान्यायाधिवक्ता दीन मणि पोखरेल र पूर्व महान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा रहनुभएको सभामुखको सचिवालयले जनाएको छ ।