• १० पुस २०८१, बुधबार

उपप्रधानमन्त्री खड्काद्वारा छिन्चु खोला पुलको शिलान्यास

blog

पुल शिलान्यास गर्नुहुँदै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का । तस्बिर : नवीन

सुर्खेत, चैत २६ गते। उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भेरीगंगा नगरपालिका–२ मा रहेको छिन्चु खोला पुलको शिलान्यास गर्नुभएको छ।

नेपाली कांग्रेसका उपसभापति खड्काले अब विकास निर्माणका कामले गति लिने बताउनुभयो। विकास र निर्णयमा सबै राजनीति दलको बराबर दायित्व भएको भन्दै उहाँले सबै जुट्नुपर्ने बेला आएको बताउनुभएको हो। चुनावको बेला छुट्टाछुट्टै हिँड्नुपर्ने भए पनि विकास निर्माणमा सबै जुट्नुपर्ने उहाँको भनाइ छ।

मन्त्री खड्काले कर्मचारी संयन्त्र र राजनीतिक संयन्त्रसँगै हुनु जरुरी रहेको बताउँदै अब बजेटका कारण काम अलपत्र नहुने उल्लेख गर्नुभयो। 

अहिलेको गठबन्धन सरकारले  मुलुकको अर्थतन्त्र सुधार गर्नुपर्ने दायित्व भएकाले सबै नेपाली जनताको उन्नति प्रगतिलाई सँगसँगै लैजानु पर्ने उहाँको भनाइ छ। उहाँले भन्नुभयो, ‘‘सरकारले बनाएको नीति तथा कार्यक्रममा द्वन्द्वका घाउलाई मलमपट्टी गर्ने गरी आएको छ।’’ मन्त्री खड्काले वर्तमान सरकारमाथि स्थायित्व र शान्तिलाई अगाडि बढाउने जिम्मेवारी रहेको उल्लेख गर्नुभएको छ।