काठमाडौँ, चैत १९ गते । घनश्याम लामिछानेको निर्देशनमा निर्माण हुने चलचित्र ‘चित्रा’को निर्माण घोषणा गरिएको छ । रामनवमीको अवसरमा सिनेमाको कास्ट एन्ड क्रिउ घोषणा गरिएको हो ।
आगामी भदौबाट छायाङ्कनमा जाने चलचित्रमा अभिनेता अर्पण थापा र निर्माता सन्तोष अधिकारीको मुख्य भूमिका रहनेछ । पारिवारिक कथामा निर्माण हुने चलचित्रको सम्पूर्ण छायाङ्कन नेपालमा नै गरिनेछ ।
‘चित्रा’ एसाप इन्टरटेन्मेन्टको प्रस्तुतिमा सन्तोष अधिकारी फिल्मस्को ब्यानरमा निर्माण हुनेछ । भावना पन्तको लगानी रहने चलचित्रको कथा अजय अधिकारीले तयार पार्नुभएको हो । अजयको कथालाई अहिले मनीष गौतमले पटकथा तथा संवादमा ढालिरहनु भएको छ । चलचित्रमा कथाकार अधिकारीको गीत रचना र सुरेश राईको सङ्गीत रहनेछ ।