• १३ साउन २०८१, आइतबार

सुनको मूल्य घट्यो

blog

काठमाडौँ, फागुन २३  गते । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु. तीन सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु. एक लाख दुई हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज रु. एक लाख दुई हजार पाँच सय तोकिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख दुई हजार छ । यसको मूल्य अघिल्लो दिन रू. एक लाख दुई हजार तीन सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १० ले घटेर रु. एक हजार दुई सय ६५ मा आएको महासङ्घले जनाएको छ । 

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीकाे मूल्य तोक्दै आएको छ । रासस