• ९ पुस २०८१, मङ्गलबार

नेपालको नक्सा अङ्कित ढुङ्गा संरक्षणको माग

blog

हुम्ला समाचारदाता

हुम्ला, फागुन २० गते । सिमकोट गाउँपालिका–१ को दोजाम गाउँ जोड्ने सडक निर्माणका क्रममा दुई वर्षअघि फेला परेको नेपालको नक्साजस्तो लाग्ने अजङ्गको ढुङ्गा संरक्षण गर्नुपर्ने माग स्थानीयले गरेका छन्। ढुङ्गामा नेपालको नक्साजस्तै लाग्ने प्रदेश, जिल्लाका रेखाङ्कन प्रस्टसँग देखिएका छन्। 

दोजाम गाउँका स्थानीय एवं पूर्ववडाध्यक्ष ताराबहादुर लामाले नेपालको नक्सासँग ठ्याक्कै मिल्ने ढुङ्गामा रहेको आकृतिलाई संरक्षण गर्नेतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो। उहाँले ढुङ्गाबारे गाउँपालिकालाई खबर गरिएको भए पनि सुनुवाइ नभएको बताउनुभयो। 

नेपालको नक्सासँग मिल्ने ढुङ्गालाई संरक्षण गर्न सके पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास उहाँको छ। त्यसलाई संरक्षण गरेर पार्क बनाउन सके पर्यटन क्षेत्रको विकास गर्न सकिने स्थानीयको भनाइ रहेको छ।