फागुन ७ गते टुँडिखेलमा आयोजित प्रजातन्त्र दिवसको कार्यक्रम । तस्बिर : केशब गुरुङ
राजधानीको बालाजुमा डोजरको अगाडि बसेर काममा जाँदै मजदुर । मजदुरलाई जोखिमपूर्ण यात्रा गराउँदासमेत सम्बन्धित निकायले चासो दिएको देखिँदैन । तस्बिर : कविन अधिकारी
कुशे गाउँपालिका–६ भार्म गाउँमा स्थानीय महिला मुसलले धान कुटेर चामल निकाल्दै । गाउँमा नजिकै आधुनिक मिल नहुँदा परम्परागत ढङ्गले मुसलले चामल कुट्नुपर्ने बाध्यता रहेको छ । तस्बिर : हेमन्त केसी, रासस
तनहुँको बन्दीपुर गाउँपालिका–४, विमलनगरस्थित सिद्धगुफाको पहाडमा पर्वतारोहणका लागि प्रशिक्षण लिँदै । यहाँ पर्वतारोहणको प्रथम श्रेणीको प्रशिक्षण गराउने गरिन्छ । तस्बिर: मिला दरै/रासस
सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँ पालिकामा रहेको समुन्द्र सतहदेखि करिब चार हजार २०० मिटर उचाइमा अवस्थित भैरव कुण्ड । जाडोमा यो ताल जम्ने गर्दछ । यहाँबाट विभिन्न हिमालहरूको दृश्य नियाल्न सकिन्छ । तस्बिर : देवराज सुवेदी/रासस