• ८ मंसिर २०८१, शनिबार

पढ्दै कमाउँदै विद्यार्थी

blog

चित्र मिजार

सिन्धुपाल्चोक, फागुन १३ गते । सिन्धुपाल्चोकका विद्यार्थी पढ्दै पैसा पनि कमाउँदै गर्न थालेका छन्। चौतारा साँगचोकगढी नगरपालिका–४, कुभिन्डेस्थित कालिका माध्यमिक विद्यालयका विद्यार्थी अध्ययनसँगै कमाउन पनि थालेका छन्। 

उक्त विद्यालयका विद्यार्थीले पढाइका साथै साबुन, फिनेल, हार्पिक, सर्फजस्ता वस्तु उत्पादन गरेर पैसा कमाउन थालेका हुन्। विद्यार्थीले स्थानीय कच्चा पदार्थ प्रयोग गरेर उक्त वस्तु उत्पादन गरिरहेका छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रघुसिंह तामाङले पढाइबाट बचेको समयमा विद्यार्थीलाई ती सामग्री उत्पादनका लागि काम दिने गरिएको बताउनुभयो। 

घरायसी प्रयोजनका लागि उत्पादन गरिएका यस्ता सामग्री विद्यार्थी आफैँले बजारमा लगेर बिक्री गर्ने गरेका छन्। विद्यार्थीलाई पढाइसँगै व्यवसायको स्वाद पनि दिलाउन यस्तो काममा लगाइएको अध्यक्ष तामाङले बताउनुभयो। यसका लागि कच्चा पदार्थ विद्यालयले नै जुटाइदिने गरेको छ। विद्यार्थीले उत्पादन गरेका यी सामग्रीले बजारमा राम्रै स्थान पाइरहेको पनि उहाँले बताउनुभयो।