काठमाडौं, फागुन १ गते । टोखा नगरपालिका–३ आदर्श टोलस्थित नवदीश्रित पाठशालाको अभिभावक तथा वार्षिक दिवस सम्पन्न भएको छ ।
टोखा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बाबुराम गौतमको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विद्यायलले विद्यार्थीको नियमित पठनपाठनका अतिरिक्त बाह्य प्रतियोगितात्मक सहयोग गर्ने बताउनु भयो । उहाँले विद्यालयको गुणस्तर वृद्धिका लागि सहयोग गर्ने बचन पनि दिनुभयो ।
कार्यक्रममा विद्यालयका सहप्रधानाध्यापक सुजन तामाङ र प्रधानाध्यापक राम लखन राउतले सुलभ शुल्कमा व्यावहारिक र सांस्कृतिक शिक्षा प्रदान गर्ने बताउनुभयो ।
अतिथि ध्रव अर्यालले विद्यालयले देशको शैक्षिक विकासमा संस्थागत विद्यालयको पनि सामुदायिक विद्यालयसरह योगदान रहेको चर्चा गर्नुभयो ।
विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष निराजन अधिकारीले यस विद्यालयलाई गणुस्तरीय शिक्षाको केन्द्रको रुपमा स्थापित गर्न विभिन्न शैक्षिक अन्तरक्रियात्मक कार्यक्रमहरु सञ्चालन गरिएको जानकारी दिनुभयो ।
उहाँले यस क्षेत्रका आम विद्याथी र अभिभावकको आकर्षणको शैक्षिक संस्थाका रुपमा उभ्याउने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यार्थीले नृत्य, गायन, नाटकलगायत विविध कार्यक्रम प्रस्तुत गरेका थिए ।