• १३ साउन २०८१, आइतबार

घट्यो सुन चाँदीको मूल्य

blog

काठमाडौँ,  पुस २६ गते । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला रू. चार सयले घटेर रू. एक लाख तीन हजार पाँच सय कायम भएको छ । छापावाल सुनको मूल्य सोमबार प्रतितोला रू. एक लाख तीन हजार नौ सयमा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजावी सुनको मूल्य प्रतितोला रू. एक लाख तीन हजार छ । यसको मूल्य अघिल्लो दिन रू. एक लाख तीन हजार चार सय थियो । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रू. २५ ले घटेर प्रतितोला रू. एक हजार तीन सय ६५ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।