• १२ असोज २०८१, शनिबार

सत्ताक्षीधाम मन्दिरको दानपेटिका चोरी

blog

फाइल तस्बिर

विष्णुप्रसाद पोखरेल

दमक, पुस १८ गते । झापाको शिवसताक्षी नगरपालिकास्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाम मन्दिरको दानपेटिका चोरी भएको छ । आइतबार राति दानपेटिका चोरी भएको हो । 

सताक्षीधाम धार्मिक तथा पर्यटकीय विकास समितिका उपाध्यक्ष उदयप्रकाश राईका अनुसार गोलोक गोवर्धन गौशालासहित तीन वटा दान पेटिका फुटाएर त्यस भित्रका भेटी रकम चोरी भएको छ । एउटा दानपेटिका हराएको छ ।

दानपेटिका फोरेर भेटी चोर्नेले फलामे साङ्लामा गर्भे ताला लगाइएको मुख्य दानपेटिका फोर्न नसकेपछि त्यही लिएर भागेको हुनसक्ने राईले बताउनुभयो । यसरी दानपेटिका फोरेर भेटी चोरी हुनु र दानपेटिका नै हराउनु गम्भीर भएको जनाउँदै अनुसन्धान गर्न माग गरिएको पनि उपाध्यक्ष राईले जनाउनुभयो ।

बालचर्तुदर्शीका भेटीहरू सङ्कलन गरेर दाखिला गरिएको र त्यसपछि जम्मा भएको भेटी हराएको जनाइएको छ । करिब एक महिना अवधिमा दानपेटिकामा हालिएको रकम चोरी भएको राईले बताउनुभयो ।  

नेपाल र भारतबाट दैनिक संयौ भक्तजनहरू सताक्षीधाम मन्दिरको दर्शन र घुमघामका लागि यहाँ आउने गरेका छन् । दानपेटिकामा कति रकम थियो भन्ने खुलेको छैन । सताक्षीधामको दिगम्बेस्वर महादेव मन्दिरको दानपेटिका गत भदौमा पनि चोरी भएको  जनाइएको छ ।