• ४ जेठ २०८१, शुक्रबार

पाँच अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै

blog

काठमाडौं, पुस ४ गते । नेपाल राष्ट्र बैङ्कले पाँच अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । ‘विकास ऋणपत्र २०८३ ज’ नाम दिइएको सो ऋणपत्रको अवधि चार वर्षको छ । केन्द्रीय बैङ्कले बोलकबोल प्रक्रियामार्फत यही पुस ६ गते बुधबार उक्त ऋणपत्रको बिक्री गर्नेछ ।

अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुने र त्यसमा कुनै पनि ब्याजदर लाग्नेछैन । बैङ्क तथा वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था र नेपाली नागरिकले ऋणपत्र खरिद गर्न सक्ने प्रावधान छ । ऋणपत्र धितोमा राखेर कर्जा लिन वा दिनसमेत पाइनेछ ।

इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रूपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धीलाई निष्कासित रकमको ८५ प्रतिशत अर्थात् चार अर्ब २५ करोड र अप्रतिस्पर्धीलाई १५ प्रतिशत अर्थात् ७५ करोड बराबरको रकम छुट्याइएको छ ।

ऋणपत्र घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई  ५० हजारले भाग गर्दा निशेष भाग जाने अङ्क बराबरको सीमामा खरिद गर्न सकिनेछ ।

ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रूपमा मात्र भाग लिन सक्नेछन् । यस बैङ्कबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’  वर्गका बैङ्क तथा वित्तीय संस्थाले अप्रतिस्पर्धीको रूपमा भाग लिन नपाउने प्रबन्ध गरिएको छ । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमार्फत मात्र हुने केन्द्रीय बैङ्कले जनाएको छ ।