• १२ मंसिर २०८१, बुधबार

जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. राउत

blog

जनमत पार्टीका अध्यक्ष डा. सीके राउत । फाइल तस्बिर

काठमाडौं, पुस ४ गते । जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. सीके राउत चयन हुनुभएको छ ।

पार्टी कार्यालय बुद्धनगरमा बसेको पार्टीका सांसदहरूको बैठकले राउतलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिनुभयो ।

डा. राउत सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ एक सिट जितेको जनमत पार्टी समानुपातिकतर्फ पाँच सिट प्राप्त गरेको छ ।