• १३ साउन २०८१, आइतबार

सुन प्रतितोला एक लाख पाँच सय पुग्यो

blog

काठमाडौँ,  पुस  ३  गते । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु. एक लाख पाँच सय तोकिएको छ । 

शुक्रबार दिन प्रतितोला रु. ९९ हजार नौ सयमा कारोबार भएको यो सुनको मूल्य आज प्रतितोला रु. छ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख छ । यसको मूल्य अघिल्लो दिन रू. ९९ हजार चार सय थियो । 

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु. १० ले वृद्धि भई प्रतितोला रु. एक हजार तीन सय ८० पुगेको महासङ्घले जनाएको छ । 

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ९३ दशमलव १३ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।